नहुने कुरा
हुँदै नहुने कुरा तिमी नगर
जाँदै नजाने गाउँको बाटो तिमी नसोध । दक्षिण बग्ने नदीको भेललाई उत्तर ल्याउने कोसिस नगर रातलाई दिनमा परिणत गर्ने अठोट तिमी नगर । पहाडको चट्टानलाई हिउँमा परिणत गर्ने काम तिमी नगर बगेर गएको समयलाई फर्काएर बोलाउने काम तिमी नगर । ठाउँ नै नभएको तिम्रो जिन्दगीमा मलाई कोचार्ने काम तिमी नगर जबरजस्ती मलाई मायाको इन्द्रेणीमा फसाउने काम तिमी नगर । खरानी भएर उडिसकेको मेरो मायालाई सलाई कोर्ने काम तिमी नगर मायाप्रीतिको गीत सुनाएर मेरो मन पगाल्ने प्रयास तिमी नगर । मायालु नजरले भुतुक्कै पारेर सताउने काम तिमी नगर मेरो प्रियसी, मेरो जिन्दगी, मेरो माया भनेर पुकार्ने काम तिमी नगर ।
– मोहेन्दु अमिरण चेम्जोङ
नेपाल राष्ट्रिय साप्ताहिक — श्रवन २४, २०७२ / 9 August 2015 · Byline: मोहेन्दु अमिरण चेम्जोङ · Source: https://moheindu.blogspot.com/2015/08/blog-post_18.html